विप्रेषण आप्रवाह २३ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विप्रेषण आप्रवाह २३ प्रतिशतले बढ्यो



काठमाडाै‌ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको विवरणमा विवरणअनुसार चालू आवको आठ महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा पाँच खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ ।

अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.४ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या १.३ प्रतिशतले घटेको थियो ।

प्रकाशित : ४ बैशाख २०७६, बुधबार ११:५६