जमनाको इनटरनेट बादशाह याहु बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

जमनाको इनटरनेट बादशाह याहु बिक्रिमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

बजारमा टिक्न संर्घष गरिरहेको कुनै बेलाको इन्टरनेट दुनियाँको सवैभन्दा ठूलो कम्पनी याहुले अन्ततः आफुलाई बिक्रिमा राखेको छ ।

गुगल र फेसबुकको उदयसँगै आफ्नो बजार हिस्सा गुमाउँदै गएको याहुले कम्पनीको पुरानो हिस्सा कायम राख्न केही बर्ष पहिले गुगलकी उच्च तहकी कर्मचारी मारिसा मेयरलाई प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याएको थियो ।

तर, मारिसाको अथक प्रयत्नका विच याहुले कुनै पनि श्रेणीमा आफुलाई अब्बल सावित गर्न नसकेपछि कम्पनी बोर्डले गत साता कम्पनी बिक्रि गर्न तयार रहेको घोषणा गरेको थियो ।

याहुको यो घोषणासँगै अमेरिकाका ठूला कम्पनीहरु याहुको बहुमत वा पुरै सेयर खरिद गर्न अग्रसर देखिएका छन् ।

यसैक्रममा अमेरिकी टेलिकम कम्पनी भेरिजोनले याहु खरिद गर्न अनौपचारिक कुराकानी गरिरहेको बिजनेस पोर्टल ब्लुमबर्गले जनाएको छ । भेरिजोन अन्र्तगतको कम्पनी एओएलका प्रमुख कार्यकारी अधिकृत टीम आर्मस्ट्रङले खरिदबारे याहुसँग कुरा गरिरहेको समाचारमा दावी गरिएको छ ।

भेरिजोनले आफ्नो भिडियो बिजनेसलाई याहुका एक अर्ब इमेल प्रयोगकर्तामाझ पुर्‍याउने रणनीतिसहित याहु खरिदको प्रस्ताव गरेको बताइएको छ ।

गुगलको युट्युव र हालै फेसबुकको सुरु गरेको भिडियो सर्भिसका कारण आफ्नो बजारमा संकुचन आउने खतरा देखेको भेरिजोनले याहु खरिद बजार सुरक्षित गर्न चाहेको बताइएको छ । डिल औपचारिक चरणमा प्रवेश नगरेको हुँदा दुवै पक्षले यसबारे बोल्न अस्वीकार गरेका छन् ।

प्रकाशित : २७ माघ २०७२, बुधबार १०:३७ 10 February, 2016 10:37 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।