अर्बपति मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीको ऋण तिरिदिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अर्बपति मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीको ऋण तिरिदिए



एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीको ऋण तिरिदिएका छन् । अदालतले अनिल अम्बानीलाई मंगलबारसम्म सम्पूर्ण ऋण तिर्न आदेश दिएको थियो ।

अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । अनिलले मंगलबार सम्म ऋण तिर्न नसकेमा तीन महिना जेल जानुपर्ने थियो । तर मुकेशले आफ्ना भाइलाई सबै ऋण तिरिदिएर बचाएका छन् ।

आफ्नो सबै ऋण तिरिदिएपछि अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई धन्यवाद दिएका छन् । उनले कठिन घडीमा परिवारको सहयोग पाएको उल्लेख गर्दै दाजु भाउजुले अप्ठेरो समयमा परिवारको मूल्यमान्यता तथा महत्वलाई कायम राखेको भन्दै आभार प्रकट गरेका छन् ।

पछिल्लो समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रतिद्वन्द्वी भएको भन्दै मनमुटावमा थिए ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १३:५२