काठमाडाै । नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही मार्च १५, २०१९ का दिन प्रख्यात ब्राण्ड सोनीको साथमा गर्ने भएको छ ।
मध्यरातबाट शुरु भई मार्च १५ तारिखको राती २३ः५९ बजेसम्म उपभोक्ताहरुले दराजमार्फत् सोनीका खास अफरहरुको मज्जा लुट्न सक्नेछन । उक्त दिनमा सोनीको विभिन्न उत्पादनहरु जस्तै फोन, क्यामेरा, टिभी, साथै अन्य समानहरुमा विशेष छुट, आकर्षक उपहारहरु तथा रु ५,००० सम्मको संग्रहणीय भाउचरहरु प्रदान गरिनेछ ।
विशेष गरी फोनहरुमा ५२% सम्मको, टिभीहरुमा ३७% सम्मको, क्यामेराहरुमा २७% सम्मको, र एक्सेसरीजहरुमा ८०% सम्मको छुट प्रदान गरिनेछ छ । साथै उपभोक्ताहरुले विशेस क्यामेरा मोडलहरु खरीद गर्दा रु १७,००० सम्मको र प्ले स्टेशन खरीद गर्दा रु १६,००० सम्मको उपहार पाउनेछन् ।
सोनी विश्वकै सबै भन्दा ठूलो कम्पनीहरुमा पर्दछ । सोनीेका उत्पादनहरु उत्कृष्ट गुण्स्तरको तथा विश्वसनीय हुने भएकाले विश्वभरी लोकप्रिय छन् । संसारको सबैभन्दा पहिलो फ्लपी डीस्क देखि लिएर संसारको सबैभन्दा पहिलो ओलेड टिभिको निर्माण सोनीलेनै गरेको हो ।
साथै वाकम्यान र प्ले स्टेशन जस्ता लोकप्रिय उपकरणहरुको आविष्कार पनि सोनीले गरेको हो । सोनीका यस्ता महान उपकरणहरुले हाम्रो जीवन अझ सहज, कुशल र रमाइलो बनाएको छ । र अब एकदिनको लागि मात्र लागु हुने दराजको ब्राण्ड डे मा, नयाँ तथा पुराना उपभोक्ताहरुले सोनीका सर्वोत्तम अफरहरुको मज्जा लिन सक्नुहुनेछन् ।
Comment