यसरी हुुँन्छ तपाइको फेसबुक प्रोफाइलबाट डाटा चोरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

यसरी हुुँन्छ तपाइको फेसबुक प्रोफाइलबाट डाटा चोरी



युक्रेनमा बस्ने दुईजना युवकहरुले एक अनलाइन क्विजका माध्यमबाट ६० हजारभन्दा धेरै फेसबुक प्रयोगकर्ताको फेसबुक प्रोफाइल डाटा चोरी गर्न सफल भएका छन् ।

अनलाइन क्विजको माध्यमबाट प्रयोगकर्ताको ब्राउजरमा भाइरसयुक्त एक्सटेन्सन इन्स्टल गराएर उनीहरुले प्रयोगकर्ताको फेसबुक प्रोफाइलका डाटा लिक गराएका हुन् । फेसबुकले ती दुई युवाविरुद्ध मुद्दा दायर गरेसँगै यो तथ्यको खुलासा भएको हो ।

समाचार अनुसार एन्ड्रयू गोबूेकोभ र ग्लेब स्लक्वेस्कीले प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा विभिन्न खालका अनधिकृत विज्ञापनहरु देखाउनका लागि एक ब्राउजर एक्सटेन्सनको प्रयोग गरेका थिए । त्यसका लागि उनीहरुले फेसबुक प्रयोगकर्तालाई हाजिरीजवाफको प्रयोग गरी लोभ्याएका थिए । प्रयोगकर्ताले फेसबुकमा उनीहरुले राखेको अनलाइन क्विजमा भाग लिएसँगै वेब ब्राउजरमा उक्त एक्सटेन्सन इन्स्टल हुन्थ्यो ।

उक्त ब्राउजर एक्सटेन्सनलाई यस्तो रुपमा तयार गरिएको थियो कि जब एप प्रयोगकर्ता फेसबुक वा अन्य कुनै सोसल मिडिया नेटवर्किङ्ग साइटमा लगइन गर्दछ तब उसको अकाउन्टका जानकारीहरु चोरिन्छन् र लिक हुन्छन्, जसका कारण प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा अनधिकृत विज्ञापनहरु पनि देखा पर्दछन् । ती दुईज्ना युवकहरुले वेब सन ग्रुप नामक कम्पनी सञ्चालन गरिरहेका थिए ।

युक्रेनको किभमा बस्ने ती दुई युवाले ह्याकिङ्ग प्रतिरोधी कानूनको उल्लंघन गरेको र उनीहरु विरुद्ध फेसबुकको नियम उल्लंघन गरेको अभियोगमा मुद्दा दायर गरिएको फेसबुकले जनाएको छ ।

उनीहरुले खासगरी रुसी भाषी फेसबुक प्रयोगकर्ताहरुलाई लक्षित गरेको बताइएको छ ।

फेसबुकका अनुसार ती दुई युवाले कूल ६३ हजार फेसबुक प्रयोगकर्ताद्वारा ब्राउजर एक्सटेन्सन इन्स्टल गराएर डाटा लिक गराउन सफल भएका र अनधिकृत विज्ञापन प्रकाशन बाट फेसबुकलाई ७५ हजार डलर नोक्सान भएको छ ।
एजेन्सीको सहयोगमा

प्रकाशित : २८ फाल्गुन २०७५, मंगलवार ०८:३४