पाँचथर पावर कम्पनीको आइपीओ बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पाँचथर पावर कम्पनीको आइपीओ बिक्री खुला



काठमाडौं । पाँचथर पावर कम्पनीको सोमबार देखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला भएको। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये कर्मचारीलाई २ प्रतिशत अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५ प्रतिशत (८७ हजार ५१२ कित्ता) छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यसमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवदेन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार ०९:२२