नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता शेयर लिलामीमा



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २३६ कित्ता साधारण तर्फको शेयर लिलामीबाट बिक्री हुने भएको छ । यो संस्थाले यही फागुन १९ देखि २८ भित्र शेयर लिलामीको लागि आवेदन दिइसक्नुपर्ने गरी सूचना जारी गरेको छ ।

नाडेपले गत मंसिर २३ देखि पुस २९ सम्म बिक्री खुला गरेको सर्वसाधारण समूहतर्फ आवेदन नपरेको ६१ हजार २३६ कित्ता शेयरलाई लिलामीबाट बिक्री गर्न लागेको हो । यसको बजारमा प्रतिकित्ता ७३० का दरले कारोबार भइरहेको छ ।

यसले न्युनतम एक सय रुपैयाँमा एक सय कित्ता भन्दा बढी कबोल गर्नुपर्ने गरी लिलामीको सूचना निष्कासन गरेको छ । यसको बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।

प्रकाशित : १० फाल्गुन २०७५, शुक्रबार ०८:०३