काठमाडौं । बिहिबार चार वटा कम्पनीको शेयर सूचिकृत भएको छ । चार कम्पनीको बोनस र हकप्रद शेयर गरी १ करोड ८० लाख ७१ हजार ८६७ दशमलव ३ कित्ता शेयर सूचिकृत भएको छ । ति चारवटा कम्पनी एनआईसी एसिया बैंक, चिलिमे जलविद्युत, सेन्चुरी कर्मसियल बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।
जसमा बोनस शेयर एनआईसी एसिया बैंकको ८० लाख ३१ हजार ११७ कित्ता र चिलिमे जलविद्युतको ७९ लाख ३० हजार २२६ दशमलव ३० कित्ता गरी १ करोड ५९ लाख ६१ हजार ३४३ दशमलव ३ कित्ता बोनस शेयर सूचिकृत भएको छ भने हकप्रद शेयरमा सेन्चुरी कर्मसियल बैंकको १८ करोड ७० लाख २७४ कित्ता र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ४० हजार २५० कित्ता गरी २१ लाख १० हजार ५२४ कित्ता शेयर सूचिकृत भएको छ ।
Comment