कास्कूनको निर्वाचनमा किर्ते काण्ड , को–को परे धरापमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कास्कूनको निर्वाचनमा किर्ते काण्ड , को–को परे धरापमा ?



काठमाडौ । काठमाडौ बचत तथा ऋण सहकारी संघ(कास्कून)को गत पुस २७ गते सम्पन्न निर्वाचनमा किर्ते हस्ताक्षर प्रयोग गरि निर्वाचन सम्पन्न गरेको भन्दै सहकारी विभागमा उजुरी परेको छ ।

निर्वाचन समिति, अध्यक्ष र कोषध्यक्ष पदका दावेदारको मिलोमतोमा आफुले दिएको उम्मेदवारी फिर्ता लिई क्यापिटल मोविलाइजेसन साकोसका प्रतिनिधी निरञ्जन सेढाईलाई कोषध्यक्षमा निर्विरोध निर्वाचित गराएको कोषध्यक्ष पदकी दावेदार समेत रहेकी लक्ष्मी काफ्लेले आरोप लगाउदै उजुरी दिएकी हुन ।

किर्ते हस्ताक्षर प्रयोग गरेको प्रमाण सहित निर्वाचन समितिमा उजुरी दिदा समेत जर्बजस्ती निर्वाचन प्रकृयामा गएको भन्दै काफ्लेले सम्पुर्ण निर्वाचन प्रकृया नै बदर गर्न माग गरेकी छिन ।

प्रकाशित : 5 February, 2019 2:02 pm