काठमाडौं । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) को प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रामकृष्ण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
इम्सनको उपाध्यक्षमा इन्द्रबहादुर बाँनियाँ, महासचिवमा सीताराम विलासी गैरे, सचिवमा परमेश्वर अधिकारी, कोषध्यक्षमा डिल्लीप्रसाद सापकोटा निर्वाचित भएका छन् । सदस्यहरुमा सोमनाथ बास्तोला, सागर गजुरेल, रामराजा श्रेष्ठ र मोहम्मद अजमत अलि निर्वाचित भएका छन् ।
देशको आर्थिक विकासमा आर्थिक सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको र यस्तो भूमिका थप प्रभावकारी बनाउन इकोनोमिक मिडियाहरुको संगठित संस्था स्थापना भएको अध्यक्ष पौडेलले बताए । पछिल्लो समय आर्थिक सञ्चार माध्यमहरुको संख्यात्मक बृद्धिसँगै यी उनीहरुको प्रभाव पनि बढ्दै गएको उनले बताए ।
इकोनोमिक मिडिया सोसाईटी आर्थिक सञ्चार माध्यमहरुमा संस्थागत प्रतिनिधिमुलक रहेको पहिलो संस्था हो । गत भदौमा विधिवत रुपमा स्थापना भएको यस संस्थाको पहिलो साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
Comment