प्रभु बैंकले १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमायाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रभु बैंकले १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमायाे



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्षको भन्दा नाफा ७३.३१% धेरै हो । गत वर्ष यो बैंकले ६० करोड ११ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यता, बैंकले वितरण योग्य नाफा पनि ६३ करोड ४९ लाख ५३ हजार रुपैयाँबाट बढोत्तरी गरेर १ अर्ब ८ करोड १२ लाख १५ हजार रुपैयाँ पुर्याएको छ ।

प्रभुको खुद ब्याज आम्दानी पनि ७६.८४% ले बढेर २ अर्ब १५ करोड ३० लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा बैंकले १ अर्ब २१ करोड ७४ लाख ५७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले सञ्चालन नाफा पनि ६०.६९% बढाएर १ अर्ब ३३ करोड १८ लाख ४८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष प्रभुको सञ्चालन नाफा ८२ करोड ८८ लाख २९ हजार रुपैयाँ मात्र थियो । यो त्रैमास सम्ममा बैंकले १ खर्ब ४ अर्ब ९८ करोड १३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गर्दा ८८ अर्ब १५ करोड ९८ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष बैंकले ८६ अर्ब १४ करोड १० लाख निक्षेप संकलन गरेर ७१ अर्ब ७७ करोड १६ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ छ । रिजर्भ कोषमा पनि ५ अर्ब ६० करोड १२ लाख ४ हजार रुपैयाँ छ ।

बैंकले गत वर्षको नाफबाट १०.२६३% लाभांश दिने घोषणा गरेको छ । जसमा ५% बोनस र ५.२६३% नगद लाभांश रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ६४ करोड ५६ लाख ५६ हजार ९५० रुपैयाँ पुग्नेछ ।

यता, बैंकले खराब कर्जा पनि घटाएर २.४७% मा सीमित गरिदिएको छ । गत वर्ष खराब कर्जा ४.१२% थियो । बैंकको कस्ट अफ फन्ड ६.१९% छ । यस्तै, कर्जा निक्षेप अनुपात ७६.५९% रहेको छ ।

प्रभुको प्रतिसेयर आम्दानी पनि करिब ५ रुपैयाँले बढेर २५ रुपैयाँ ३१ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ ४४ पैसा मात्र थियो । प्रभुको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ०३ पैसा छ ।

प्रकाशित : १० माघ २०७५, बिहीबार १३:१४