काठमाडौ। नेपालमा उद्यमशीलताको क्षमता अभिवृद्धि र जनचेतना जगाउने उद्देश्यले फागुन २ उद्यमशीलता सम्मेलन हुने भएको छ ।
नेपाल उद्योग परिसंघ र उद्योग विभागको आयोजनामा उद्यमशीलता सम्मेलन हुने भएको हो ।
उक्त सम्मेलनमा सातै प्रदेशबाट उद्यशीलतामा अभिरुची राख्ने करिब चारसय जना सहभागी हुने बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्री सहभागिता रहने सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।
सम्मेलनपछि सातै प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गर्ने योजना रहेको जानकारी दिँदै उनले त्यसका लागि प्रदेशमा के–के सम्भावना छ भनेर सबै प्रदेशका उद्योगमन्त्रीलाई समेत भेला गर्न लागिएको जानकारी दिए ।
सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पृष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव तथा अर्थमन्त्री डा. युवराज खतिवडाले समेत सम्बोधन गर्ने छन् ।
कार्यक्रममा राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल, पूर्व स्वस्थ्य मन्त्री गगन थापा, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुन्यप्रसाद रेग्मी, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित, प्रदेश उद्योगमन्त्री, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने जनाइएको छ ।
Comment