अपरतामाकाेशीकाे काराेबार रद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अपरतामाकाेशीकाे काराेबार रद्ध



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले अपर तामाकोशीको २५६ वटा कारोबार रद्द गरेको छ । नेप्सेले सोमबार भएका २५९ कारोबार मध्ये २५६ वटा कारोबार रद्द गरेको हो ।  तोकिएको रेन्ज भन्दा बढेर भएका कारोबार रद्द गरिएको नेप्सेले जनाएको छ ।

आइतबारबाट UPPER सिम्बलमा कारोबार सुरु भएको हो ।  कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले ७४.८९ देखि २२४.६७ सम्मको रेन्ज तोकिदिएको थियो ।  पहिलो दिनको अन्तिम कारोबार मूल्य २२४ कायम भएको थियो।  तर दोस्रो दिन   कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा ५० प्रतिशतले बढेर ३३६ मा पुगेको हो ।  जबकि कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा बढीले तल माथि हुन सक्दैन । सोहि कारण नेप्सेके रेन्ज भन्दा माथि गएर भएका कारोबार रद्द गरेको हो ।

अघिल्लो दिन कम्पनीको शेयर मूल्य २२४ रहेको थियो । यसमा दोस्रो दिन १० प्रतिशत सम्मले मात्र माथि जान पाउने हुँदा २४६ सम्मको कारोबार नियम अनुसार हो ।  त्यस मूल्य भन्दा मथिका सबै कारोबार रेन्ज भन्दा माथि भएकोले रद्द गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित : ३० पुष २०७५, सोमबार १५:२४