मःम खानुहुन्छ ?एकपट यो पढनुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

मःम खानुहुन्छ ?एकपट यो पढनुस



काठमाडौँ / मःम पछिल्लो समयमा सहरी क्षेत्रका लागि खाजाको पहिलो रोजाइ बनेको छ । त्यसमा पनि काठमाडौंमा मःम बढी प्रचलित छ । पछिल्लो अध्ययनअनुसार प्रचलित खाजामध्ये मःम नै नेपाली बजारमा बढी बिक्री हुने गर्छ । हुन पनि मःम फुटपाथदेखि फाइभस्टार होटेलसम्म सजिलै उपलब्ध हुन्छ ।

आजकल बजारमा धेरै किसिमका मःमको स्वाद लिन सकिन्छ । उदाहरणका लागि डल्लो मःम , टिबेटियन मःम, छोयला मःम, घी मःम, सी मःम, सुप मःम, झोल मःम, फ्राई मःम आदि । यी मःम मासुका विभिन्न आइटमसँगै पनिर तथा भेजिटेबल हालेर तयार गरिन्छ । प्रायः सबै मःम बनाउन मैदा प्रयोग गरिन्छ ।

स्वस्थ मःम मानवीय स्वास्थ्यका लागि लाभदायक हुन्छ । राम्रोसँग पकाएको मःम हाइजेनिक हुन्छ । तर, यसमा मिसावट भने हुनुहुँदैन । ठेलामा पाइने मःम सकभर नखानु राम्रो हुन्छ । यस्तो ठाउँमा पाइने मःमको मासुमा मिसावटको उच्च जोखिम छ । मासुमा अत्यधिक बोसो हुने गर्छ । जुन स्वास्थ्यका लागि हानिकारक छ । बोसोरहित तथा कम तेल हालेको स्वस्थकर मासुसहितको मःमले स्वास्थ्यमा खासै हानि गर्दैन ।

मःमका यी बेफाइदा
-सामान्यतया मःमका लागि प्रयोग हुने मैदा अर्थात् रिफाइन्ड आटामा फाइबर हँुदैन । मैदालाई सेतो वा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लिच गरिएको हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

-मःमलाई स्वादिलो बनाउन विभिन्न मसलाको प्रयोग गरिन्छ । यी धेरैजसो मसला स्वास्थ्यका लागि
हानिकारक छन् ।

-मैदामा एक प्रकारको हाई ग्लाइसेमिक इन्डेक्स नामक पदार्थ हुन्छ । जसले रगतमा ग्लुकोज जम्मा हुन्छ । यसको परिणाम मधुमेह हुन सक्छ ।

-मैदाको निरन्तर सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ । यसर्थ, कुनै रोग लागेमा निको हुन गाह्रो हुन्छ ।

-मःम बढी खाँदा कब्जियतको समस्या हुन्छ । यसकै कारण टाउको दुख्नेलगायतका समस्या निम्तिन्छ ।

-मैदा बनाउँदा प्रोटिन निकालिएका कारण त्यस (मैदा)मा एसिडको मात्रा बढी हुन्छ । जसले हड्डी कमजोर बनाउँछ ।

-प्रायः ठेलामा पाइने मःममा रेडिमेड मासु राखिने हुँदा त्यो बासीसमेत हुन सक्छ । बासी मासु स्वास्थ्यका लागि धेरै नै हानिकारक हो ।

-बाहिर पकाइने मःममा धुवाँ–धुलो पस्ने सम्भावना बढी हुन्छ । यस्तो बाह्य वातावरणमा ब्याक्टेरियाको बढी पहुँच रहन्छ । यो सजिलै खानेकुरामा बस्न सक्छ ।पुर्वेली न्युजबाट

प्रकाशित : १५ पुष २०७५, आईतवार ११:५२