काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ प्रतिशत बोनस शेयर दिने भएकाे छ । लघुवित्तकाे मंसिर १९ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र ० दशमलव ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे हाे । साे लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरे पछिमात्र पाउने छन् ।
२० मंसिर २०७५, बिहीबार १२:०६
Comment