जनता बैंकले मुद्दती र बचतमा सर्बाधिक ब्याज दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकले मुद्दती र बचतमा सर्बाधिक ब्याज दिने



काठमाडौं ।समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै ग्राहकहरुको हित संरक्षणहुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको छ । यसको लागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने छन् । मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरिएको छ । यस मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दाबढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र ब्यक्ति गत निक्षेपमालागु गरिएको छ ।
साथै यस बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको छ ।
उपरोक्त ब्याज दर यहि २०७५ मंशिर १९ गते देखि लागु हुने छ ।

प्रकाशित : १९ मंसिर २०७५, बुधबार १२:१२