कुमारी बैंकले १२.७५% बोनस सेयर  दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकले १२.७५% बोनस सेयर  दिने



काठमाडौं। कुमारी बैंक लिमिटेडले बोनस सेयर  दिने भएको छ । बैंककाे आइतबार बसेको संचालक समितिको बैठकले १२.७५%  बोनस शेयर दिने निर्णय गरेको हाे ।बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड ६३ लाख ४५ हजार ४६ रुपैयाँ पुग्नेछ ।

साे बाेनस सेयर लगानीकर्ताले भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछिमात्र पाउने छन् ।

कुमारीले ४ वटा संस्थालाई गाभेर एकीकृत कारोबार गरेको मिति २०७४ असार १६ गतेदेखि २ वर्ष्भित्र गाभिएको अवस्थामा कायम शेयरधनीलाई कर नलाग्ने भएकाले छुट्टै नगद लाभांशको व्यवस्था नगरिएको जनाएको छ ।बैंकले तत्कालिन पश्चिमाञ्चल फाइनान्स तथा काँक्रेविहार, महाकाली र काष्ठमण्डप विकास बैंकलाई गाभेको थियो ।

प्रकाशित : १७ मंसिर २०७५, सोमबार ११:३३