महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण



काठमाडौं । महालक्ष्मी विकास बैंकको चन्द्रौटा शाखाले कपिलवस्तुको राष्ट्रिय माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सो विद्यालयका २ सय १५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ ।

त्यस्तै बैंकको थापाथली शाखा कार्यालयले दृष्टिविहीन व्यक्तिहरुको पुनस्र्थापन तथा सशक्तिकरण गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल दृष्टिविहीन कल्याण संघद्वारा पुनस्र्थापना तथा सशक्तिकरण सेवा पाइरहेका दृष्टिविहीन विद्यार्थीहरुलाई ब्रेल पेपर, टाइपोस्कोप तथा रिडिङ्ग प्याड प्रदान गरेको छ । बैंकले शिक्षानै सशक्तिकरणको मूल आधार भन्ने कुरालाई मध्यनजर गर्दै ती बालबालिकाहरुको पठन पाठनमा सहयोग स्वरुप शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिएको छ ।

प्रकाशित : १३ मंसिर २०७५, बिहीबार १४:१२