सानिमा जनरल इन्स्सोरेन्स र एन आई सी बैंक बिच बैंकइन्स्सोरेन्स सम्झौता सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा जनरल इन्स्सोरेन्स र एन आई सी बैंक बिच बैंकइन्स्सोरेन्स सम्झौता सम्पन्न



काठमाडाै ।सानिमा जनरल इन्स्सोरेन्स र एन आई सी बैंक लि. विच निर्जीवन वीमा सेवा प्रदान गर्ने सम्वन्धमाBancassurance सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । वीमा ब्यवसायलाई विधिकरण सहित प्रवद्र्धन गरी विमा वजारमा अग्रणी स्थानमा रही गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न सानिमा जनरल इन्स्सोरेन्सको तर्फवाट नायव महा प्रवन्धक सुबोध लाल श्रेष्ठ र एन आई सी बैंक लि. को तर्फवाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राथीले सो सम्झौतामा हस्ताक्षर गर्नुभयोे ।

अत्याधुनिक प्रविधि, दक्ष तथा अनुभवी कर्मचारीका साथ निर्जीवन विमा ब्यवसायमा प्रवेश गरेको कम्पनीवाट ग्राहाक महानुभावहरुले सर्वसुलभ रुपमा वीमा सेवा पाउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

प्रकाशित : ११ मंसिर २०७५, मंगलवार १४:३४