जनता बैंक नेपालकाे नयाँ शाखा ताप्लेजुङको फक्त्ताङलुङमा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंक नेपालकाे नयाँ शाखा ताप्लेजुङको फक्त्ताङलुङमा सञ्चालन



काठमाडौँ। वित्तीय सेवामार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीयतहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीय तहमा पुग्नु पर्ने नियमन निकाय र सरकारको लक्ष्य अनुसार दुर्गम स्थानका स्थानीय तह सम्म शाखा पु¥याई बैंकिङ् क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको  जनता बैंक नेपालले सुदुर पूर्वको जिल्ला ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा आज बाट नयाँशाखा सञ्चालनमा ल्याएको छ । फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७औं शाखा हो ।

तिब्बत सँग सिमाना जोडिएको ओलाङचुङ गोला सहित साविक ७गा.वि.स. मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसावमा ताप्लेजुङकै सबै भन्दा ठूलो र बिकट गाउँपालिका हो । यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखा मार्फत देशको बाँकी क्षेत्रमा वित्तीय संजालमा जोडिन सफल हुने छन् । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

यो संगै बैंकको देशभरीमा शाखा संजाल १२७ पुगेको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरु बाट करिब ६ लाखग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ ।

प्रकाशित : १० मंसिर २०७५, सोमबार १६:४२