एनआइसी एसिया बैंककाे साधारण सभा पुस ४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एसिया बैंककाे साधारण सभा पुस ४ गते



काठमाडौं ।एनआइसी एसिया बैंक लिमिटेडकाे साधारण सभा  पुस ४ गते  हुने  भएको छ । साधारण सभामा १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा गर्न बैंकले मंसिर १९ गतेदेखि पुस ४  गते सम्म दर्ता किताब बन्द हुने जानकारी दिएकाे छ ।

साधारण सभा हेरिटेज गार्डेन सानेपा, ललितपुरमा बिहान ९ बजे सुरु हुनेछ । हाल एनआइसीको चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ छ ।

प्रकाशित : १० मंसिर २०७५, सोमबार १५:५२