आइएमई लाइफइन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्टबीच बैंकअस्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई लाइफइन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्टबीच बैंकअस्योरेन्स सम्झौता



 काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्त बैंकअस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुखकार्यकारी अधिकृत चन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले हस्ताक्षर गर्नुभएको छ । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन्  ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६२ भन्दा बढी शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन योजना लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा     पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

प्रकाशित : ९ मंसिर २०७५, आईतवार १६:१५