सिद्धार्थ बैंकले १३ दशमलव १६ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकले १३ दशमलव १६ प्रतिशत लाभांश दिने



काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले बोनस सेयर र  नगद लाभांश दिने भएको छ । बैंकको मंसिर ६ गते ( बिहीबार) बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई नाफाबाट ५ प्रतिशत बोनस सेयर र ८ दशमलव १६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश लगानिकर्ताले भने  नेपाल राष्ट्र बैंक र अागामी साधारण सभाबाट पारित भए पछि मात्र पाउने  छन् ।

प्रकाशित : ७ मंसिर २०७५, शुक्रबार १४:२४