सोमबार नेप्से ५ दशमलव ९ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबार नेप्से ५ दशमलव ९ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ५ दशमलव ९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स र अन्य समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १४८ कम्पनीको ७ लाख ९ हजार ३ सय ७९ कित्त सेयर बाट २१ करोड २९ लाख १७ हजार २२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह ३२ दशमलव १८ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह २२ दशमलव ७९ अंकले, होटल समुह १९ दशमलव ६४ अंकले,न्नलाइफ इन्स्योरेन्स समुह १२ दशमलव ७८ अंकले, लघुिवत्त समुह ७ दशमलव ५७ अंकले, बैँक समुह ६ दशमलव ३ अंकले र विकास बैँक समुह ५ दशमलव ९७ अंकले ओरालो लागेको छ।
आज फाइनान्स र अन्य समुह भने उकालो लागेको छ । आज फाइनान्स् समुह ० दशमलव ९१ अंकले र अन्य समुह २ दशमलव ३४ अंकले उकालो लागेको छ ।

प्रकाशित : ३ मंसिर २०७५, सोमबार १५:१६