एभरेष्ट इन्सुरेन्सको हकप्रद शेयरकाे मूल्य समायोजन रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट इन्सुरेन्सको हकप्रद शेयरकाे मूल्य समायोजन रद्द



काठमाडौं । एभरेष्ट इन्सुरेन्सको संस्थापक हकप्रद सेयरमा भएको मूल्य समायोजन नेप्सेले रद्द गरेको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गर्नु नहुने लगानीकर्ताहरुले माग उठाएपछि मूल्य समायोजन रद्द भएको हो ।  नेप्सेले गत बुधबार एभरेष्टको १०५% संस्थापक हकप्रद सेयरकाे मूल्य समायोजन गरेको थियो ।

लगानीकर्ताको आग्रहपछि आइतबार इन्सुरेन्सको सेयर कारोबार रोक्का गरिएको थियो । मूल्य समायोजन रद्द भएपछि सोमबारबाट इन्सुरेन्सको सेयर कारोबार  सुरु भएको छ ।

प्रकाशित : ३ मंसिर २०७५, सोमबार १३:०८