नेपाल एसबिआई बैकको नाफा १० दशमलव ७३ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल एसबिआई बैकको नाफा १० दशमलव ७३ प्रतिशतले वृद्धि



काठमाडौं । नेपाल एसबिआई बैक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ४८ करोड ५३ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा १० दशमलव ७३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ४३ करोड ८८ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेपाल एसबिआई बैकले जगेडाकोषमा ५ अर्ब २६ करोड ८ लाख रुपैयाँ छुटाएको छ । बैंकको निक्षेपमा ९४ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ संकलन गरी कर्जा ८४ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ जुन गत वर्षको तुलनाभन्दा २३ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानीमा १७ दशमलव ५१ प्रतिशतले बढेर १ अर्ब ६ करोड १ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १५ दशमलव २३ प्रतिशतले वृद्धि गरी ६९ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युक्त सम्पति १४ दशमलव ०२ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव २० प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशलमव २१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६५ दशमलव ३८ रुपैयाँ र तरलता अनुपात २५ दशमल १७ प्रतिशत रहेको छ ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार १२:४४