सानिमा बैंकको ‘१०% सानिमा डिबेन्चर–२०८५’ काे बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकको ‘१०% सानिमा डिबेन्चर–२०८५’ काे बिक्री खुला



काठमाडौं ।सानिमा बैंकले  कात्तिक ३० गते शुक्रबार देखि १०% ब्याजदर भएको ‘१०% सानिमा डिबेन्चर–२०८५’ बिक्री खुला गरेको छ ।

सानिमाले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । यो ऋणपत्रको अवधि १० वर्ष हुनेछ ।

कुल कित्तामध्ये रु. ४० करोड ऋणपूँजी रकममध्ये सामूहिक लगानीकोषका लागि छुट्याइएको २० हजार ऋणपत्र बाँडफाँड पश्चात ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारण नेपालीका लागि सार्वजनिक निश्कासन गरिएको हो । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

यस ऋणपत्रमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा आवश्यक मात्रामा ऋणपत्र नबिकेमा पुस १ गतेसम्म म्याद थप हुनेछ । ऋणपत्रका लागि बिक्री प्रबन्धक काठमाडौं क्यापिटल कमलादी, काठमाडौं तथा सानिमा बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन पाइन्छ ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार १२:१४