ग्लोबल आइएमर्इ बैंककाे नाफा ५२.४२ प्रतिशतले बढयाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमर्इ बैंककाे नाफा ५२.४२ प्रतिशतले बढयाे



काठमाडौं। ग्लोबल आइएमर्इ बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५२.४२ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ५१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ थियो।

बैंकको खुद व्याज आम्दानी ५५ प्रतिशतले बढेर एक अर्ब २० करोड रुपैयाँ पुगेको छ। गत वर्ष ७७ करोड ३५ लाख रुपैयाँ थियो। बैंकले  एक खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९९ अर्ब ५० करोड  कर्जा परिचालन गरेकाे  छ ।अघिल्लो वर्षको तुलनामा निक्षेतर्फ बैंकको प्रगति ६.२२ प्रतिशतले बढेकाे छ र बैंकको ऋण लगानी १४.५५ प्रतिशतले बढेकाे छ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात ०.४६ प्रतिशतले बढेर ११.२७ प्रतिशत छ। आधार व्याज दर १०.५९ प्रतिशत छ। खराव कर्जा १.०५ प्रतिशत छ भने प्रति शेयर आम्दानी ४.६६ रुपैयाँले बढेर २४.११ रुपैयाँ पुगेको छ।

प्रकाशित : 13 November, 2018 11:38 am