शास्त्र भन्छ – यी ७ ब्यक्तिको घरमा खाना नखानुस् ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

शास्त्र भन्छ – यी ७ ब्यक्तिको घरमा खाना नखानुस् !



भोजन हरेक ब्यक्तिलाई आवश्यक हुन्छ । खाना विना बाँच्न असम्भव छ । तर शास्त्रले जहाँ पायो त्यहिँ खाना खान नहुने भनेको छ । शास्त्रका अनुसार ७ ब्यक्तिको हातको खाना खानु धार्मिक र आर्थिक दृष्टिले घातक रहेको उल्लेख गरेको छ।

१) ब्याजमा ऋण दिने ब्यक्ति
शास्त्रका अनुसार ब्याजमा ऋण दिने ब्यक्तिको घरमा खाना नखाएको राम्रो हुन्छ । गरुण पुराणले ब्याजमा ऋण दिने ब्यक्तिलाई अत्याचारी मानेको छ । यस्ता ब्यक्तिले अरुमाथि अत्याचार गर्ने हुँदा यस्ता ब्यक्तिको घरको खाना खाँदा धर्म नाश हुन्छ र पापको हिस्सा बनिन्छ।

२) चरित्र हिन ब्यक्ति
गरुण पुराणमा नैतिकरुपमा चरित्रहिन ब्यक्ति स्त्री वा पुरुष जो भएपनि त्यस्ता ब्यक्तिको घरमा खाना नखानु भनेको छ । परस्त्री वा परपुरुषसँग शारीरिक सम्बन्ध राख्नेहरुको घरमा खाना खान नहुने उक्त पुराणमा लेखिएको छ । यस्ता ब्यक्तिको घरमा खाना खाँदा पापको भागी आफू पनि भइन्छ।

३) तेश्रो लिङ्गी
पुराणका अनुसार तेश्रो लिङ्गीहरुको हातको खाना खानु पाप मानिन्छ । यीनीहरुलाई दान दिनु तर अन्न ग्रहण नगर्नु भनेर शास्त्रमा उल्लेख छ।

४) तामसी
तामसिक बस्तुको सेवन गर्नेहरुको घरमा पनि अन्न खान नहुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिको घरमा अन्न खाँदा पापको भागी बनिन्छ।

५) क्रोधी र हिश्रक ब्यक्ति
क्रोधी र हिश्रक ब्यक्तिको हातको अन्न खानु हुँदैन । अहंकारी र क्रोधी ब्यक्तिको हातबाट अन्न खाँदा पाप बोक्नु पर्ने गोरुण पुराणमा उल्लेख छ।

६) अनैतिक तरिकाले धन आर्जन गर्ने ब्यक्ति
अनैतिक तरिकाले धन आर्जन गर्ने ब्यक्तिको घरमा पनि अन्न ग्रहण गर्न नहुने शास्त्रको भनाइ छ।

७) रजस्वला भएका स्त्रीको हातको अन्न
मनुस्मृतिमा उल्लेख भए अनुसार रजस्वला भएका स्त्रीको हातको अन्न पनि खानु उचित हुँदैन । बैज्ञानिक र स्वास्थ्यको दृष्टिले पनि यस्ता महिलाको हातको अन्न असुद्ध मानिन्छ।पुर्वेली न्युजबाट

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार १३:०३