काठमाडौँ । मिसन डेभलपमेन्ट बैंकले लाभांश दिने भएको छ ।बैंकको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस र कर प्रयोजो लागि ० दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकले ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ०।५७८ प्रतिशत अर्थात ३० लाख ६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।हाल बैंकको चुक्ता पूँजी ५१ करोड ९२ लाख रुपैयाँ छ । बोनसपछि बैंकको पूँजी ५७ करोड ६३ लाख नाघ्नेछ ।
प्रस्तावित लाभांश लगानीकर्ताले भने राष्ट्र बैंकको र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् ।
Comment