काठमाडौँ। स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शतप्रतिशत हकप्रद शेयर आज देखि बिक्री खुल्ला भएको छ । लघुवित्तले १ बराबर १ अनुपातमा ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो वित्तीय संस्थाको हकप्रद शेयरको आवेदन कात्तिक २६ गतेसम्म खुल्ला रहने छ । भदौं २५ गत सम्म कायम शेयरधनीले मात्रै याे हकप्रद भर्न पाउने छन ।
याे हकप्रदकाे बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेकाे छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं तथा स्वदेशीको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् र सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।
हाल स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
क्रेडिट रेटिङ एजेन्सी केयर नेपाल रेटिङस्ले स्वदेशीको हकप्रदलाई केयर–एनपी आइपीओ ग्रेड ४ रेटिङ दिएको छ ।
Comment