कैलाश विकास बैंकले १७% नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कैलाश विकास बैंकले १७% नगद लाभांश दिने



काठमाडौं । कैलाश विकास बैंकले नगद लाभांश दिने भएको छ ।बैँकको  असाेज ९ गते  बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कैलाश बैँकको हाल चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।साे लाभाासं लगानीकर्ताल भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित  गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार ११:५५