काठमाडौं । मेरो माइक्रोफाइनान्स लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीकाे असोज ९ गते बसेको संचालक समितिको बैठकले साे निर्णय गरेकाे हाे ।
माइक्रोफाइनान्सले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ३२ करोड ८९ लाखको उचाईमा पुग्नेछ ।यही चुक्तापूँजीको सतप्रतिशत १ बराबर १ को अनुपातले हकप्रद सेयर जारी गर्ने भएको हो ।
हकप्रदको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने संचालक समितिले निर्णय गरेको छ ।
सतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर ६६ करोडको हाराहारीमा पुग्नेछ ।
Comment