काठमाडौं । महालक्ष्मी विकास बैंकको साधारण सभा असोज २६ गते हुने भएको छ । साधारण सभाकाे लागि बैँकले असाेज १४ गते देखि असाेज २६ गते सम्म दर्ता किताब बन्द गर्ने भएकाे छ । सभामा बैँकले गत वर्षको कमाईबाट १५% लाभांश दिने प्रस्ताव लैजाँदैछ । बैंकले ८% बोनस सेयर र ७% नगद लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
Comment