काठमाडाैँ । युनिभिर नेपालको सेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनीलाई सोधेको २४ घण्टे स्पष्टिकरण सन्तोषजनक नभएपनि नेप्सेले कम्पनीको सेयर कारोबार खुला गरेको हाे ।
नेप्सेले धितोपत्र बजार मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल उपलब्ध गराउने निर्णयको पूर्ण पालना गर्न र प्रभावकारी रुपमा सूचना पाउने अधिकार चुस्त दुरुस्त कायम राख्न लागि अझ बढी प्रभावकारी व्यवस्था गर्न हुने
धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ४८ को उपदफा १ अनुसार सो निर्देशन जारी गरेको जनाएको छ । साथै अब उप्रान्त प्रचलित कानूनमा तोकिएको बमोजिम गर्न र यस्ताे गल्ति नदोहोर्याउन समेत सचेत गराइएको छ ।
युनिलिभरले लाभांश घोषणा गरेर लामो समयसम्म नेप्सेलाइ जानकारी नगराएको भन्दै नेप्सेले युनिलिभरलार्इ आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
Comment