अर्थमन्त्रीले भने – बै‌कले ब्रोकरको काम पाएपछि बजार बढ्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्रीले भने – बै‌कले ब्रोकरको काम पाएपछि बजार बढ्छ



काठमाडाै । अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बै‌ंकले सेयर ब्रोकरको लाइसेन्स पाएपछि सेयर बजारको कारोबार बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मलेनमा उनले बै‌ंक तथा वित्तीय संस्थाले ब्रोकरको काम पाएपछि बजार अझ माथि जाने बताएका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले बै‌ंकलाई सेयर ब्रोकरको जिम्मेवारी दिन नेपाल राष्ट्र बै‌‌ंक र नेपाल धितोपत्र बोर्डबीच छलफल भइरहेको बताए । उक्त दुई नियमन निकायको सहमतिपछिबै‌ंकले ब्रोकरको लाइसेन्स पाउने र बजार स्वतः माथि जाने उनको सङ्केत थियो ।

खतिवडाले आफूले पूरक बजेटका विषयमा नसोचेको बताएका छन् । नेकपाका अध्यक्ष प्रचण्डले पूरक बजेट ल्याएर वृद्धिभत्ता बढाउने तयारी भइरहेका बताइरहेका बेला अर्थमन्त्रीले त्यसबारे आफू र आफ्नो टिमले नसोचेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा अर्थ सचिव डा. राजन खनालले पूरक बजेटबारे संविधानमा व्यवस्था भए पनि पूूरक बजेट ल्याउने वा नल्याउने विषयमा अहिले नै अनुमान नगर्न आग्रह गरे।

प्रकाशित : २ आश्विन २०७५, मंगलवार १५:४७