दशैकालागि ४० अर्बको नयाँ नोट बजारमा पठाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दशैकालागि ४० अर्बको नयाँ नोट बजारमा पठाउने तयारी



काठमाडौं । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दशैलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ ।

सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए ।

पोहोर दशैमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । आजको नागरिक दैनिकमा खबर छ । उनका अनुसार अब २—३ दिनभित्र हुने छलफललले सटही शुरु हुने दिन र तौरतारिका टुंगो लगाउने छ ।

प्रकाशित : २ आश्विन २०७५, मंगलवार ०८:११