एनआरएनए नाइजेरिया द्वारा रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआरएनए नाइजेरिया द्वारा रक्तदान कार्यक्रम सम्पन्न



नाइजेरिया । गैरआवासीय नेपाली संघ, नाइजेरिया द्वारा आज नाइजेरियाको लेगोसमा रोटरी क्लब लेगोस र महारास्ट्र मण्डल नाइजेरियासङ्गको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा अध्यक्ष जनक बिष्ट, उपाध्यक्ष बिरेन्द्र गुप्ता, महासचिव रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, सचिब अभिषेक सिंह, प्रकाश अर्याल, आस्मा खडका, भरत रिजाल, सुकमल सरकार, चन्द्र घिमिरे, शंकर बर्मा, सागर सिंह, सन्दीप रावत, भिम थापा लगाएत ८३ जनाले रक्तदान गरेका थिए ।

नाइजेरियामा संघले आयोजना गरेको यो प्रथम रक्दान कार्यक्रम हो । यस अघि मलाबी, युगान्डा लगायत अन्य अफ्रिकी मुलुकमा रक्तदान कार्यक्रम आयोजना गरि सकेको जानकारी संघका अन्तरास्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले जानकारी गराए ।

प्रकाशित : 17 September, 2018 12:48 pm