काठमाडौ । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैँँक लिमिटेडले लाभांश दिने भएको छ । माइक्रो फाइनान्सकाे भदाै ३१ गते बसेकाे संचालक सिमतिकाे बैठकले हाल कायम चुक्ता पुँजी रु १७ करोड काे २३.५३ % बोनस र कार प्रयोजनकाे लागि १ .२४ % नगद लाभांश दिने निणय गरेकाे छ । माइक्रो फाइनान्सले कुल ४ कराेड २१ लाख ५ हजार २ सय ६३ रुपैया १६ पैसा लाभांस दिन लागेकाे हाे । साे लाभास लगानीकर्ताले भने नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामाले स्वीकृत गरेपछि मात्र पाउने छन् ।
१ आश्विन २०७५, सोमबार १२:३०
Comment