काठमाडौं । सूर्योदय लघुवित्ती वित्तीय संस्थाले लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँको ४५% ले हुन अाउने तिन कराेड छपन्न लाख रुपैयाँ लाभांश दिने भएको छ । जसमा ४२.७५% बोनस सेयर र २.२५% नगद गरी लाभांश दिन लागेको हो । साे प्रस्तावित लाभांश राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउने छन् ।
३१ भाद्र २०७५, आईतवार १२:३५
Comment