गरिमा विकास बैंकले  लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा विकास बैंकले  लाभांश दिने



काठमाडौं । गरिमा विकास बैंकले  लाभांश दिने भएको छ । बैँककाे भदै २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले  हाल कायम २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९९७.०७ रुपैयाँ चुक्ता पुँजीको १०% बोनस र ३.७५% नगद गरी कुल १३.७५% लाभांश दिने निर्णय गरेको हो ।  बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित भएपछि  मात्र  शेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १२:४०