८०० वर्ष पुरानो मोबाइल भेटियो(भिडियो सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

८०० वर्ष पुरानो मोबाइल भेटियो(भिडियो सहित)



एजेन्सी । फोन भेटिएपछि त्यहाँका शोधकर्ताहरुले यो फोन ८०० वर्ष पुरानो भएको दावी गरेका छन् । कतिपय रहस्यवादी सिद्धान्तकारहरुले यसलाई एलियनले छोडेको हुन सक्ने अनुमान समेत गरेका छन् । कतिपयले यो फोन यस अघि विकाश भएको मानव सभ्यताको समयमा निर्माण भएको दावी गरेका छन् ।

शोधकर्ताहरुले यो मोबाइल फेला पारेपछि एलियनमा विश्वास गर्नहरुलाई पनि बल पुगेको छ । यसमा लेखिएका अक्षर समेत कुन भाषामा लेखिएको भन्ने प्रष्ट नभएको बताइएको छ । नोकिया फोन जस्तो देखिने उक्त फोनको विषयमा अनेक टिका टिप्पणी शुरु भएका छन् । डिस्कभरी च्यानलले यस विषयमा भिडियो पनि सार्वजनिक गरेको छ ।

हजारौं वर्ष अघि अस्तित्वमा रहेको भाषा यो मोबाइलमा रहेको उक्त भिडियोमा उल्लेख छ । शोधकर्ताहरुले यो मोबाइद्य फोनको विषयमा धेरै कुरा गर्न नसक्ने बताएका छन् ।

भिडियो हेर्नुस्

यसको विषमा दिइएको कम जानकारीकै कारण यसलाई कतिपयले एलियनले छोडेको फोनकोरुफमा अर्थ्याएका छन् । यो फोन एलियनहरुले नै बनाएको दावी गर्नेहरु पनि छन् । मानिस भन्दा बढी बुद्धीमानले मात्र यस्तो फोन त्यतिबेला बनाउन सक्ने उनीहरुको दावी छ । नेपाली हेडलाइन बाट

प्रकाशित : २० पुष २०७२, सोमबार १३:२१