काठमाडौं । काबेली विकास बैंकले बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४०० सय रुपैयाँको ३५% बोनस सेयर दिने निर्णय गरेको हो ।यसआधारमा काबेलीले ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृती तथा आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र सेयरधनीलाई वितरण हुने छ ।
१८ भाद्र २०७५, सोमबार १३:४६
Comment