जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण



काठमाडाैँ । जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री फुलचोकी आधारभुत विद्यालय, पनौती, काभ्रेलाई दूई थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक  केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको छ । विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य परिक्षण र पाठेघर सम्बन्धि निःशुल्क अपरेशनतथा सामुदायिक विद्यालयको स्तर उन्नतीलाई मध्येनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्रीउपलब्ध गराई सहयोग गरिएको छ । यस बर्ष देशै भरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको छ ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकोले ति वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालनको लागि अनुरोध गर्नुभयो ।
बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्गएकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : १७ भाद्र २०७५, आईतवार १३:२५