बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतको अन्तरिम आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतको अन्तरिम आदेश



काठमाडौं। गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।

सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो न्यायधीश सपना मल्ल प्रधानको एकल इजलासले सिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको निर्ण कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी भएको हो ।

सुन तस्करको आरोप लागकेो यसका सञ्चालक चेतन भण्डारी प्रहरीको फरार सूचीमा छन् । उनले काठमाडौंमा सेकुवा कर्नरका ६ वटा शाखा चलाउँदै आएका छन् ।

३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित सरकारी समितिले सेकुवा कर्नरमा सिलबन्दी गरेको थियो । सेकुवा कर्नरमा करिब ४ सय जनाले रोजगारी पाउँदै आएका छन् । कान्तिपुर दैनिकबाट ।

प्रकाशित : १४ भाद्र २०७५, बिहीबार ०८:२०