असोज मसान्तभित्र वार्षिक शुल्क बुझाउन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

असोज मसान्तभित्र वार्षिक शुल्क बुझाउन आग्रह



काठमाडाैँ ।नेप्सेले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई असोज मसान्तभित्र वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ।  सूचीकृत कम्पनीहरुलाई चुक्ता पूँजी अनुसार चालू आर्थिक बर्षको शूल्क ग्लोबल आइएमई बैंक कमलादीमा रहेको शाखाको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा हुने गरी चेक, ड्राफ्ट, भौचर वा एडभाईस अबिलम्ब पठाउन अनुरोध गरेको छ ।

नेप्सले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची–३ बमोजिम सूचीकृत कम्पनीलाई चालु आवको वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।

असोज मसान्तभित्र सूचीकृत कम्पनीहरुले बुझाउनुपर्ने शूल्क नबुझाएको खण्डमा वार्षिक शुल्कको १०% का दरले जरिवाना लाग्ने र सेयर कारोबार समेत स्थगन हुने जानकारी नेप्सेले दिएकाे छ ।

प्रकाशित : 29 August, 2018 12:32 pm