महालक्ष्मी विकास बैंकको शाखा मध्यबानेश्वरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकको शाखा मध्यबानेश्वरमा



काठमाडौ । महालक्ष्मी विकास बैंक लि. ले काठमाडौं महानगरपालिका वडा नं १०, मध्यबानेश्वर स्थित बानेश्वर शाखाकोे औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक राजेश कुमार रौनियारको पनि उपस्थिति रहेको थियो ।
बैँकका प्रमुख कार्यकारी अधिकृ कृष्ण राज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरे । साथै वहाँले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरे ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब निक्षेप संकलन गरी रु. २१ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार १४:१९