एन.बी.आई. र एभरेष्ट बैंक बीच तालिम संचालन सम्झौतापत्रमा हस्ताक्षर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एन.बी.आई. र एभरेष्ट बैंक बीच तालिम संचालन सम्झौतापत्रमा हस्ताक्षर



काठमाडाैँ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र एभरेष्ट बैंक लि. बीच  भदौ ०१ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार एन.बी.आईले एभरेष्ट बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एभरेष्ट बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
उक्त सम्झौतापत्रमा एभरेष्ट बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत  संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

प्रकाशित : ४ भाद्र २०७५, सोमबार १४:१५