६ दशमलव ६१ अंकले उकालाे लागेर बन्द भयाे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

६ दशमलव ६१ अंकले उकालाे लागेर बन्द भयाे नेप्से



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ६ दशमलव ६१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको होटेल र अन्य समुह बाहेक अरु सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १६० कम्पनीको ७ लाख ३२ हजार ७ सय २५ कित्त सेयर बाट १८ करोड ९५ लाख ८६ हजार ७ सय ३५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्सले कमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ५० दशमलव ०१ अंकले उकलो लागेको छ। आज लघुवित्त समुह १५ दशमलव ६ अंकले, विकास बैँक १४ दशमलव ८८ अंकले,लाइफ इन्स्योरेन्स समुह १३ दशमलव ०१ अंकले, फाइनान्स समुह १० दशमलव ३९ अंकले , बैँक समुह ६ दशमलव ८७ अंकले, उतपादनमुलक समुह ६ दशमलव ६१ अंकले, जलविधुत समुह ६ दशमलव ३४ अंकले र टे«डिड। समुह ५ दशमलव ०७ अंकले उकालो लागेको छ।
आज होटेल र अन्य समुह भने ओरालो लागेको छ । आज होटेल समुह १ दशमलव ४१ अंकले र अन्य समुह ३ दशमलव ३९ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २९ श्रावण २०७५, मंगलवार १५:१७