नेपाल लाइफकाे संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिर्वतन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफकाे संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिर्वतन



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स  कम्पनीकाे संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिर्वतन भएको छ ।  इन्स्योरेन्स  कम्पनीले १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गरेको छ । कम्पनीले संस्थापक हिस्सा ७० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा शेयर परिवर्तन गरेको छ ।

कम्पनी संचालक समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले साउन २५ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी लगतका आधारमा समानुपातिक रुपमा सेयर परिवर्तन गरिएको जनाएको छ ।यस कम्पनीको सर्वसाधारण शेयर ३० बाट ४० प्रतिशत र संस्थापक शेयर ७० बाट ६० प्रतिशत कायम हुनेछ ।

कम्पनीको १० प्रतिशत शेयर अर्थात ४३ करोड ९६ लाख रुपैयाँको शेयर सर्वसाधारणतर्फ कारोबार हुनेछ । कम्पनीको हाल ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेकोमा ६० प्रतिशत संस्थापक अर्थात २ अर्ब ६३ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४० प्रतिशत अर्थात १ अर्ब ७५ करोड रुपैयाँ कायम हुनेछ।

प्रकाशित : २७ श्रावण २०७५, आईतवार १२:२२